फेरी पक्राउ परे आचार्य श्रीनिवास

काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गत आज गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

धर्मगुरुको अगुवाईमा गौशालामा भएको आन्दोलनमा उग्र अभिव्यक्ति दिएपछि आचार्य श्रीनिवास प्रकाउ परेका हुन् ।

प्रहरीले आचार्य श्रीनिवाससँगै १० जना प्रदर्शनकारीलाई पनि पक्राउ गरेकाे छ । बिच सडकमा सुतेर आन्दाेलन गरेपछि  प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । 

भिडलाई उग्र बनाएर सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

आचार्य श्रीनिवासले केही समयअघि धरानमा पनि उग्र अभिव्यत्ति दिएका थिए । धार्मिक सहिष्णुता विथाेलेकाे भन्दै उनलाई प्रहरीले पक्राउ गरेर केही समय हिरासतमा समेत राखेकाे थियाे । 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : ०६ बजे