दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १६ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत कात्तिक ११ गते सुनको मूल्यले उच्च रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रूपैँयाले बढेको छ । आज चाँदी प्रतितोला १ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : ५५ बजे