काठ मिलमा आगलागी हुँदा सात लाखको क्षति

झापा । झापाको राजगढस्थित गोपाल राजवंशीले सञ्चालन गरेको काठ मिलमा आज  बिहान आगलागी भएको छ । 

विद्युत् सर्ट भएर मिलमा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको छ । 

आगलागीबाट काठ चिर्ने मेसिन, मिलमा रहेको काठ र मोटर गरी सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ११ : २० बजे