काठमाडौं। क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।
आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हो । परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई सरकारले क्यानडाका राजदूतका लागि सिफारिस गरेको थियो ।
पौडेलविरुद्ध दुई उजुरी परेका थिए । बैठकमा पौडेलले दिएको उजुरीमाथिको जवाफ चित्त बुझ्दो भएकाले सर्वसम्मत अनुमोदन गरेको हो ।
अब पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूतमा नियुक्त गरेपछि कार्यकाल सम्हाल्नेछन् ।
प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार ५ : ४८ बजे
प्रतिक्रिया