सुनको मूल्यमा नयाँ कीर्तिमान

औचित्य सकिएको भन्दै सर्वोच्चले खारेज गर्याे प्रसाइँको बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइँको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेकाे छ । 

औचित्य सकिएको भन्दै न्यायाधीश  कुमार चुडालको  एकल इजलासले  आइतबार रिट खारेज गरेको हो ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको  भन्दै प्रसाईंले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।  वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । 

बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार निषेधित क्षेत्र तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पार्दा पार्दै अटेर गरी प्रदर्शन गर्न पुगेका प्रसाइँका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे भने केहीलाई सम्झाइबुझाइ पठाइए थियाे । 

​​​​​​​

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ५ : ३९ बजे