दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अब विद्युतीय साइकल पनि दर्ता गर्नुपर्ने

काठमाडौं । सरकारले विद्युतीय साइकल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । भन्सार विभागले विद्युतीय स्कुरटकै दर्जा दिएर विद्युतीय साइकल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको हाे । 

विभागले केही दिनअघि यस्तो निर्णय गर्दै सबै भन्सार कार्यालयलाई पत्राचार गरेको छ ।

“विभिन्न भन्सार कार्यालयबाट पैठारी भएका इलेक्ट्रिक बाइसाइकल भनिएका वस्तु इलेक्ट्रिक स्कुटरसँग मिल्न गएकोले उक्त वस्तुलाई विद्युतीय स्कुटर सरह वर्गीकरण गरी जाँचपास गर्नू,” विभागले मंसिर ४ गते भन्सार कार्यालयहरुलाई लेखेको पत्रमा भनिएको छ ।

यस्ता विद्युतीय साइकलमा पाङ्ग्रा साधारण साइकलमा जडान भएकाभन्दा मोटा, पाउ राख्न फुटबोर्ड, इलेक्ट्रिक ब्याट्री, एक्सेलेटर र स्पिड कन्ट्रोल भएको भन्दै विद्युतीय स्कुटरसरह वर्गीकरण गर्न विभागको वर्गीकरण तथा पुनरावलोकन शाखाले भनेको छ ।

यससँगै ३५० किलाेवाट वा त्यसभन्दा कम क्षमताका विद्युतीय साइकल पनि दर्ता गर्नुपर्ने भएको हो । यस्ता साइकलहरुमा अब विद्युतीय स्कुटरमा जसरी नै १० हजार रुपैयाँ सडक निर्माण दस्तुर पनि लाग्नेछ ।

भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले स्कुटीकै पावरमा आएको हुनाले यसलाई स्कुटीसरह वर्गीकरण गरिएको बताएका छन् । सडक कर र दर्तालगायत अन्य कस्तो असर पर्छ भन्ने प्रतिक्रिया आउन बाँकी रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ५ : ३१ बजे