भूकम्पले क्षतविक्षत भएको दोभान विद्यालयमा एमालेले बनायाे अस्थायी सिकाई केन्द्र

काठमाडौं । भूकम्पले क्षतविक्षत भएको सानीभेरी गाउँपालिका–१ रुकुम पश्चिमको भेरी दोभान माध्यमिक विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको छ । 

विद्यालयमा नेकपा एमालेका स्वयंसेवकले अस्थायी सिकाई केन्द्रका लागि त्रिपालका टहरा निर्माण गरेका हुन् ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीबाट खटिएका स्वयंसेवकले अस्थायी कक्षा कोठा बनाएकाे नेकपा एमाले केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । 

सो विद्यालयमा ३ सय ४० विद्यार्थी अध्ययन गरिरहेका छन् । भूकम्पको कारण सो विद्यालय भवन चर्किएर छियाछिया भएको छ । विद्यालयको कक्षा कोठा भित्र विद्यार्थी बस्न जोखिम भएपछि अस्थायी सिकाई कक्षा बनाइएका हुन् ।  

अस्थायी कक्षालाई केही फिनिसिङ गरेपछि पठन पाठन सुरु गर्न सकिने पौडेलले बताउनुभयो ।  सो विद्यालयका विद्यार्थीलाई अहिले खुल्ला चौरमा राखेर पठनपाठन गराइँदै आएको छ । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १२ : २७ बजे