दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य बढ्यो

काठमाडौँ । आज सुन तोलामा ६०० रुपैयाँले बढेको छ । 

छापावाल सुन आज प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ११ : ४४ बजे