दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अलैँची खेतीको ‘हब’ बन्दै लमजुङ 

काठमाडौँ । अलैँची खेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले यस वर्ष अलैँचीका दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष ठुलो परिमाणको रकम जिल्लामा भित्रिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाई लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयो । 

गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी भएको थियो । यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका  छन्  । 

आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् । 

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले दुई सय ७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार दुई सय ५० रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

जिल्लाभरिका अधिकांश किसानले एक हजार तीन सय ५० रुपैयाँ प्रतिकिलोका दरले अलैँची बिक्री गर्ने गरेका छन् । कुनै बेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्ममा अलैँची दाना बिक्री हुने गर्दथ्यो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरेको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : १३ बजे