सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेयरका प्रत्याशी पक्राउ

सप्तरी । सप्तरीबाट प्रहरीले ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा शुक्रबार एक जना मेयर पदका प्रत्याशीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका ५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी रहेका छन् ।

घरमै सञ्चालन गरेको पीडितको पसलमा मङ्सिर ३ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर ७ गते उजुरी दिनु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताउनु भयो । 

पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ७ गते स्वास्थ्य परीक्षण भएको छ ।

पक्राउ परेका चौधरीलाई जबर्जस्ती करणी प्रयासको मुद्दामा पाँच दिनको म्याद थप गरी अन्य अनुसन्धान सुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

चौधरी २०७८ वैशाख ३० गते भएको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार भई ४१४३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी भएका थिए ।

 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  १० : ३७ बजे