सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

काभ्रेमा कौडा खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काभ्रे । भुम्लुटारमा मंसिर ७ गते राति ९ः१५ बजे कौडा खेलिरहेको अवस्थामा ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

गोप्य सूचनाका आधारमा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लु काभ्रेबाट खटिएको टोलिले उक्त स्थानबाट ७९ हजार ४ सय ७५ रुपैयाँ र १ सेट कौडा बरामद गर्नुको साथै ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : ०७ बजे