सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

बर्दियामा वरुण घिमिरेको हत्या आरोपित थप २ जना पक्राउ

बाँके । गत कात्तिक २७ गते मध्यरातमा गुलरिया-६ का एक युवाको हत्या गरेको अभियोग लागेपछि फरार थप दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया-५ जुस फ्याक्ट्री नजिक देउसी, भैलो खेल्ने क्रममा एक समूहले आक्रमण गरी २० वर्षीय वरुण घिमिरेको हत्या गरेको थियो ।

घिमिरेको हत्यामा संलग्न गुलरिया-५ बगलामुखी टोलका फरार अभियोगी २० वर्षीय आलोक आश्रित र गुलरिया-४ गणेश चोकका १९ वर्षीय सुमन सुनारलाई बाँके प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएससी तुलसीराम अर्यालले बताउनुभयो।

‘यसअघि गुलरिया-६ का २३ वर्षीय सुलभ थापासहित ६ जनालाई पक्राउ गरी मुद्दा दायर गरिसकेको र व्यक्तिगत रिसिइबिका कारण घिमिरेको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी अर्यालले जानकारी दिनुभएको छ। उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : ४७ बजे