काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार ११ : ५३ बजे
प्रतिक्रिया