सुनको मूल्यमा नयाँ कीर्तिमान

बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गा प्रसाईंको अभियान समर्थक पाँच जना पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरू पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे । प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गरेको अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । त्यही क्रममा  प्रहरीमाथि  प्रदर्शनकारीहरूले ढुंगामुढा  गरेका थिए । बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए। 

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ११ : ०७ बजे