सुनको मूल्यमा नयाँ कीर्तिमान

आजको मौसम: केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशको पहाडी भू(भागमा आंशिक बदली रही देशको बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ३१ बजे