कार्यकर्तालाई बिचल्ली पारेर बल्खुबाट बाहिरिए दुर्गा प्रसाईं

काठमाडाैँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर काठमाडाैँमा आन्दोलन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफू भने कार्यकर्तालाई अलपत्र पारेर बल्खुबाट भागेका छन ।

आज (बिहीबार) काठमाडाैँकाे बल्खुमा राजसंस्था पुनःस्थापना गर्न , नेपाललाई हिन्दू अधिराज्य कायम गर्न र २० लाखभन्दा तलको सबै ऋण मिनाहका लागि सरकारलाई दवाव दिन प्रसाईले आन्दोलन गरेका थिए ।

उनको यो आन्दोलन भोलिपनि जारी रहने बताईको छ । तर,आफैले नेतृत्व गरेको आन्दोलनलाई प्रसाईंले नै छाडेर हिँडेपछि कार्यकर्तामा अन्यौलमा परेका छन ।

उनी प्रदर्शनस्थलबाट बाहिरिएपछिमात्रै प्रहरी र आन्दोलनकारीबीच तीनपटकसम्म झडप भएको थियो । प्रहरीसँगको झडपमा परेर केही प्रदर्शनकारी र प्रहरीसमेत घाइते भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ५ : १९ बजे