काठमाडौंमा १० हजार सुरक्षाकर्मी परिचालन (तस्वीरहरू)

​​​​​​​काठमाडाैँ । युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको प्रदर्शनका कारण काठमाडौं उपत्यकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

युवा संघले तीनकुनेमा र प्रसाईंले बल्खुमा प्रदर्शन आयोजना गरेका छन्। सार्वजनिक सवारीसाधन निकै कम चलेका छन्। निजी सवारीसाधन पनि फाट्टफुट्ट‍ चलेका छन्। 

उपत्यकाका चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १० हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १ : ५९ बजे