प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि बल्खुमा ढुंगामुढा

काठमाडौँ । नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् ।

काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्‍याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार गरेका हुन् । 

झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ ।

दुर्गा प्रसाईंले ऋण मिनाहालगायतका माग राख्दै बल्खुमा विरोध प्रदर्शन गरिरहेका छन् भने युवा संघले त्यसको विरोधमा तीनकुनेमा विरोध गरिरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १ : २६ बजे