सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंमा बिहानैदेखि सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । काठमाडौंमा आज हुन लागेका दुई वटा छुट्टाछुट्टै विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा जोइन्ट अप्रेसन कमान्ड सेन्टर गठन गरिएको छ भने करिब दश हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

प्रदर्शन हुने स्थान र नारा–जुलुस हुने ठाउँमा ड्रोन क्यामेराबाट निगरानी गरिनेछ । त्यसबाहेक सडक र चोकमा जडान गरिएका सिसिक्यामेरामार्फत पनि जुलुसलाई निगरानी गरिने प्रहरीले जनाएको छ ।

कार्यक्रमस्थलमा र नारा जुलुसमा सहभागी हुने समर्थकसँगै सादा पोसाककमा सुरक्षाकर्मी पनि खटिनेछन्  । उनीहरूले प्रत्येक समर्थकको गतिविधि निगरानी गर्नेछन् । अवाञ्छित गतिविधि हुने सुइँको पाउना साथ उनीहरूलाई प्रहरीले पक्राउ गर्नेछ ।

सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचार पनि समर्थकसँगै खटिनेछन् । पोसाकसहित खटिएका सुरक्षाकर्मी सुरक्षाका अग्रपंक्तिमा खटिनेछन् ।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले आज छुट्टाछुट्टै प्रदर्शन कार्यक्रम गर्न लागेका छन् ।

युवा संघले काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ भने प्रसाईँ समूहले बल्खुमा प्रदर्शन गर्दैछ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : ३२ बजे