सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ उपत्यकामा आज अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ । ट्राफिक प्रहरीले आज काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा आज विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाडी नचलाउन आग्रह गरेको हो ।

ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर  निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ । 

ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्ग परिवर्तन गराउन सक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : ०१ बजे