राजतन्त्रको भूत र प्रेततन्त्रको शासन 

हरेक दसैँमा राजाका हातको टिको लगाउन हातमा टोपी लिएर हरेक नेता राजदरबार धाउँथे । तर पूर्व राष्ट्रपति श्रीमती विद्या  भण्डारीका हातको टीका लगाउन माकुने  र  वामदेव गौतम थरी कतिपय नेता गएनन् । तिनले राष्ट्रपतिको गौरव, गरिमा,औकात र हैसियत नै बुझेनन् । तिनले त्यस  पदमा विराजमान व्यक्तिलाई एउटी सामान्य  महिला र कार्यकर्ता मात्र ठाने होलान्  । बरु तिनका मन मस्तिष्कमा राजा वा राजतन्त्र    ससम्मान विराजमान थियो ।   

स्वयं प्रधानमन्त्री प्रचण्डले केही समय अघि राष्ट्रपतिको भन्दा पूर्वराजाको शान, मान र अभिमान  उच्च रहेको सगर्व सार्वजनिक उद्घोष गरेका थिए भने यिनलाई देवत्वकरण गर्ने नेता र कार्यकर्ताको चिन्तनको हरिबिजोग यसै थाहा हुन्छ । यस्तै खालका सामन्तवादी संस्कार ग्रसित नेतालाई लक्षित गरेर मैले कमरेड महाराज लेख लेखेको थिएँ । 

नभन्दै प्रायः नेता सामन्तवादी संस्कारबाट ग्रसित देखिन्छन् । तिनीहरू आफ्रूलाई सेवक होइन शासक ठान्छन् । गणतन्त्र कालमा शासक होइन, सेवक हुन्छ र हुनुपर्छ , यो कुरा भनेर मात्र हुँदैन,कामले नै देखाउनुपर्छ ।  यो संस्कार माथिदेखि तलतल सम्म आउनुपर्छ । सदियौँ देखिको सामन्तवादी संस्कारबाट चिन्तन, चेतना,संस्कार र संस्कृतिबाट उपल्ला तहका नेताहरू नै ग्रसित छन्, भने सामान्य जनतामा सामन्तवादी संस्कारको रहलपहल हुनु अनौठो भएन । माथिमाथि नै बिग्रिएको बेहोरा छ भने तल सप्रिने कुरा सम्भव हुन्न । प्राय नेताहरूका आँखा, मुख, कान, अनुहारमा सामन्तवाद व्याप्त देखिन्छ । अझ भौगोलिक सामन्तवाद व्याप्त देखिन्छ । सबै भन्दा ठुलो काठमाडौँ र काठमाडौँबासी, त्यसपछि विराटनगर,धरान  आदि आदि हुँदै गाउँ देहात र त्यहाँका बासिन्दा सबै भुसुना ।  यसै भएर मैले केही वर्ष पहिले यसपालि काठमाडौँ कोक्यायो शीर्षकको कविता लेखेँ । कवितामा … काठमाडौँले पहिलो भेटमै  आँखा सन्कायो, आँखीभौँ सन्कायो, तोलाको बोली भुईँमा खस्लाखस्लाझैँ ग¥यो, मन्त्रालय जाने बाटो नसोध् भन्यो, एकेडेमीतिर हेर्दे नहेर् भन्यो , बल्खूको माथिल्लो तला नचड् भन्यो, काठमाडौँ यसपालि साह्रै कोक्यायो । 

चाकरीकै भरमा राजनीतिक, राजकीय,प्राज्ञिक र मोर्चा सङ्गठनका   सबै पदप्रतिष्ठा  पाउने र दिने हो भने हामी कसरी गणतन्त्रवादी हुन्छौँ । मन मस्तिष्कभरि राजतन्त्र पालेर गणतन्त्रवादी भइन्छ  र ? आरती उतारे कै   आज पनि खोजी गने हो भने गणतन्त्र कसरी सबल बन्छ ? 

प्रायः नेताहरू सांस्कृतिक सामन्तवाद अझै जीवित छ भन्दछन् सांस्कृतिक रूपमा सामन्तवाद जीवित छ पनि भनिन्छ ,तर अधिकांश पार्टी र  नेताहरूलाई संस्कृति के हो त्यसका के कति प्रकार हुन्छन् र त्यसको वर्ग पक्षधरता के हो र सांस्कृतिक रूपान्तरण भनेकै  के हो भन्ने कत्ति पनि  थाहा नभएको दर्दनाक दृश्य देख्नु परेको छ । व्रतबन्धको वास्तविक सार तत्त्व नबुझी व्रतबन्ध गर्ने श्राद्धको वास्तविक तात्पर्य नबुझी श्राद्ध गर्ने पुराणको सार र गुदी तत्त्व नजानी चरम भाग्यवादी र पुर्पुरोवादी पुराण लगाएर अग्रगामी चेत बन्दैन । हामीले कर्मवादी वा अर्वाचीन पुराण घरमा नै लगायौँ । अर्वाचीन पुराण समाजको अध्यक्ष मिथिला पोखरेल हुनुहुन्छ । यस पुराणमा भाग्यम् फलति सर्वत्र न विद्या न च पौरुषम् अर्थात् भाग्यमा छ भने डोकामा दुहे पनि दूध अडिन्छ भन्ने जस्ता चरम सरम लाग्दा अन्धविश्वासी बखान गरिन्न । बरु अर्वाचीन पुराणमा आलश्यम् हि मनुष्याणाम् शरीरस्थो महान् रिपुः अर्थात् अल्छेपन बराबरको मानिसको ठुलो शत्रु कुनै छैन भन्ने खालका विषयको व्याख्यान हुन्छ । यस्ता पुराण,पूजा,रीत र परम्परा सुरुवात गर्ने सोच नै देखिन्न ।   

काठमाडौँ जाँदा आउँदा सप्तकोशी नदीमा पैसा चढाउने ,मठमन्दिर देख्ने बित्तिकै  गाडी घोडाबाटै नमन गर्ने,बिहान बिहान भाग्यवादको घण्टी बजाएर गणतन्त्रवादी भइँदैन ।     

यस खालको पछौटे मानसिकताको माओले उहिल्यै विश्लेषण गर्नु भएको थियो । माओले निश्शस्त्र  र सशस्त्र आन्दोलन र  क्रान्तिद्वारा सामाजिक परिवर्तन भए पनि बर्सौँदेखि दर्शन ढुङ्गा सरह मनमा जब्बर बनेर ढलीमली गरेर बसेको  सामन्तवाद वा राजतन्त्र ग्रसित संस्कार र सोच तत्काल हट्दैन । सरकार वा सत्ता पनि फेरिएला तर नेताकै मानसिकता अलिकति अग्रगामी सोच र संस्कार बदलिएको हुन्न , किनभने माओका अनुसार प्रायः नेताकै मन, मस्तिष्क, चेतना र चिन्तनमा पुरानै शासक,शसनसत्ता र सरकारका चिन्तन, संस्कार र संस्कृति  हाबी रहेको हुन्छ । यस खालको मनको मैलो साबुनले धोएर जाँदैन । यस्तो मैलो प्रगतिशील कला,साहित्य,गीत, सङ्गीत आदि सिर्जनाहरूको हजार बार पठन,मनन र श्रवणबाट मात्र हुन्छ ।   नेपालमा गणतान्त्रिक शासन व्यवस्था सुरु भए पनि अधिकांश नेता र कार्यकर्ताको मन मस्तिष्कमा सामन्तवादी संस्कार संस्कृति र विचार हाबी रहेको यस लेखकले राम्ररी महसुस गरेको छ । प्रायः नेताहरूमा राजतन्त्र वा सामन्तवादको भूतले  जङ्गी डेरा जमाएको छ । बडा दसैँ भन्नेहरूको मनमा  राजतन्त्रको भूत मडारिएको स्पष्ट हुन्छ । राजा महाराजाको सबथोक बडा भएजस्तै उनले मान्नेको धर्म  र चाडबाड बडा भनिएको घाम जत्तिकै छर्लङ्ग कुरा नेताले बुझ्दैनन् । तिहार  जस्तो युगान्तकारी पर्वको नालीबेली नबुझेर यमराजले बहिनी यमुना घर गएर टीका टालो लगाएको भन्ने मात्र बुझ्ने र त्यही प्रचार गर्ने राजतन्त्रकै भूत हुन् । आजभन्दा ५ हजार वर्ष अघिको ऋग्वेदमा यमयमी  नामका जुम्ल्याहा दाजु बहिनीको संवाद छ । त्यस संवादमा बहिनीले यौन समागम गर्ने प्रस्ताव राख्दा दाजु यमले अब यस कामका लागि अर्कै पुरुष खोज बहिनी भनेको छ । नरपशु वा मान्छेले ढिलै भए पनि बुद्धि फिरेर र फिराएर एउटै आमाका सन्तानका  बीच विवाह गर्नु हुँदैन भन्ने सोच ग¥यो र यसलाई व्यवहारमा उता¥यो । यसलाई कहीँ तिहार,कहीँ राखी,कहीँ सामाचखेवा वा जितिया भनियो । यस्ता धार्मिक सांस्कृतिक विषयमा धेरै जसो नेताको मतलब नै छैन । तिनको मन र मस्तिष्कमा सांस्कृतिक  सामन्तवाद वा राजतन्त्रको जरा गाडिएको छ । तक आदि रूप र रूपान्तरणका गम्भीरतम विषय बारे धेरै जसो नेतालाई  

वर्ग पक्षधरताका मुखौटाहरू रहँदा सम्म सामन्तवादले गाँजिरहनेछ । कला, साहित्य, संस्कृति,अर्थ,दर्शन, प्रज्ञा  र सिर्जनाका क्षेत्रमा जुन खालको चरम  वर्ग विचलन देखिएको छ,त्यसैमा सामन्तवाद फुल्ने र फल्ने गर्छ । जहाँ जहाँ फोहोर पानी जम्छ,त्यहीँ ज्यानमारा लाम्खुट्टेले डेरा जमाउँछ । प्रचण्ड प्रधानमन्त्री रहेको देश र जनता मारा प्रेत तन्त्रले राजतन्त्रले ठाँउको उठाउन दिएको हो । अस्थिरतामा खेल्न पल्केकाहरूको नियत र नियति नै यस्तै     हुन्छ र हो । यस्तै नियतितिर ज्यान फालेर लैजान प्रा.डा. युवराज सङ्ग्रौला  जस्ता कानुन्ची र खानुन्चीहरु परमादेशी प्रधानमन्त्री वा सरकार बनाउन अदालतमा लम्पसार परेका थिए ।   संविधान अनुसार धर्म,परम्परा,प्रथा र रीतिका नाममा कसैले कसैलाई अन्याय,असमानता,विभेद र शोषणको अन्त्य गर्ने किटानी व्यवस्थालाई व्यवहारमा उतार्ने प्रयत्न नगरुन्जेल राजतन्त्र राजनैतिक रूपमा अचेत  जनताको मन, ज्ञानमा र मनोविज्ञानमा रहिरहने छ ।    

जन्मिँदै जर्नेललाई जदौ भन्ने तर कर्मले राष्ट्रपति बनेका  जनताको छोरा छोरीलाई दुत्कार्ने चरम पछौटे चिन्तन स्वघोषित  बुद्धिजीवीका गिदीमा रहँदा सम्म जनविरोधी राजतन्त्र फेरि पनि फर्किन सक्छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भनेझैँ एक दम सतही तथा पोलिटिकल कम्युनिष्ट रहे सम्म  राजतन्त्र तिनका तन र मनमा जीवित रहन सक्छ । तुइन युग समाप्त पार्ने ओली सरकारका कारण आफूलाई कम्युनिष्ट हुँ भन्न लज्जाबोध गर्ने  लाज घीन विहीन नेता रहेसम्म राजतन्त्र सशक्त राजनैतिक विकल्प बनिरहनेछ । 

मात्रात्मक परिवर्तनलाई अनदेखा गर्ने तर ओली सरकारले  रातारात समाजवादी युगतिर देशलाई लैजान नसकेको भनेर कटाक्ष गर्ने एकलकाँटे र अन्धवादी  नेता हुन्जेल  राजतन्त्रले  नन्दी भृङ्गीका साथ मसाने भूतको नौटङ्की जारी राख्नेछ । 

 

कम्युनिष्ट र प्रजातन्त्रको आवरणका  पश्चगामी चरित्र र चिन्तन बोकेकाहरूको बाहुल्य रहेसम्म गणतन्त्र सुस्थिर हुँदैन ।,   संस्कार र संस्कृतिमा व्याप्त रहेको सामन्तवाद वा राजतन्त्रलाई कलात्मक रूपमा विस्थापित नगरे सम्म यसको भूतले लखेटिरहन्छ । तर अहिलेको जस्तो प्रेत शासन तन्त्रबाट राजतन्त्रको भाउ घट्दैन । यो गठबन्धन नामको प्रेततन्त्रबाट आम जनता आकण्ठ आजित भएका छन् । गुन्डाराज भन्न मिल्ने यो कुशासन जनता फ्याल्न चाहन्छन् । यसले देशकै अस्तित्व र अखण्डतामा आँच पु¥याउने अवस्था टड्कारो बन्दैछ । त्यसैले तमाम देशभक्त जनता एकदम सचेत तथा एक ढिक्का हुन जरुरी छ । काठमाडौँमा भइरहेको युवा तथा अनेरास्ववियुको बृहत् जागरणमा ऐक्यबद्धता जनाउन अपरिहार्य देखिन्छ ।  

  अहिले जस्तो विश्रृङ्खलित अवस्था आउँछ  भनेर एक लेख मैले लेखेकै हो तर  यस्ता  पाजी मनुवाहरूको कुरा कसले पत्याउँछ र । महान् नेताका अगाडि विषय विज्ञ र विद्वान् झारपात सरह हुन्छन् र हुँदा रहेछन् । महामना मोदनाथ प्रश्रितलाई देखेर खास कोही नजिक पर्दैन तर वडा समितिको गोडा नेतालाई नमस्ते गर्नेको ताँती लाग्छ । उसकै जन्म उत्सवमा शुभकामना व्यक्त गरेर फेसबुक भर्छ र सामाजिक परिवर्तन सँगै सांस्कृतिक रूपान्तरण गर्ने सोँच नपलाउन्जेल राजतन्त्रले हरेक नेताका मनमनमा बलियो आसन जमाइरहन्छ । 

कमरेड ओलीका अनुसार  स्वतन्त्र र स्वाभिमानी नागरिक हुन भन्दा  रैतान हुन आतुरहरू पूर्वराजाको  चरणोदक पान गर्दा हुन् । तर आम जनता जन्मिँदै राजा र काजी हुने अन्ध परम्परा मान्दैनन् । आम  जनता  कर्मका आधारमा योग्य श्रेष्ठ र सक्षम मान्छन् । 

 पूर्व राजा ज्ञानेन्द्र शाह  यो देशका राजा महाराजाहरू मध्ये सबैभन्दा कलुषित, अयोग्य, दुर्नामी तथा भ्रष्ट चरित्र हुन् । पञ्चायतकालमा भएका सबै कुख्यात काण्डका शिरोमणि हुन् ।  तिनलाई पुनर्स्थापित गर्न दुस्साहस गर्ने प्रर्साइँ नेपाललाई भारतको जिम्मा लगाउनु पर्छसम्म भनेर नेपाल आमाको चीरहरण हेर्न व्यग्र कुपुत्र हुन् । यस्ता अत्यन्तै गलत देशघाती चरित्र र चिन्तन सबै देशभक्त प्रगतिशील तथा प्रजातान्त्रिक नेपालीहरूले ठाडै दुत्कार्नुपर्छ ।  आफ्नै काला कर्तुत र कारणले आफैँ सत्ताच्यूत हुन पुगेका पूर्वराजलाई पहिले नेपाली सेनाले नै पत्याएन । माया गर्नेलाई जसले पनि माया गर्छ ।  स्वयं पूर्व सेनापति रुक्माङ्गद कटुवाल नै पूर्वराजलाई अनुनय विनय गर्दा गर्दा हार खाएका व्यक्ति हुन् उनका कुरा  ज्ञानेन्द्र शाहले पटक्क टेरेनन् र आफैँ खदिए ।  बोक्रैसित खान खोज्दा ज्ञानेन्द्र आफैँ पाखा परेका हुन् 

 

 

 

 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : १७ बजे