साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्वाधीनतामा आँच आउने फिल्ममा रोक लगाउन सेन्सर बोर्डलाई बालेनको पत्र

​​​​​​​काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले ’चलचित्र जाँच समितिको कार्यविधि, २०७४’लाई पूर्ण कार्यान्वयन गर्न फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका छन् ।

केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पत्र पठाउदै बालेनले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझाव दिएका छन् ।

मेयर बालेन साहले एक सूचना जारी गर्दै ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’ को दफा ४ को उपदफा १ लाई पूर्ण रूपमा कार्यान्वयन गरी विभिन्न विषय बस्तुलाई प्राथमिकतामा राख्न समेत अनुरोध गरेका छन् । कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवादमा रोक लगाउन उनले माग राखेका छन् ।

चलचित्रले समाजमा पार्ने सकारात्मक प्रभाव उल्लेखनीय रहेको बताउँदै मेयर साहले चलचित्रको निर्माण तथा प्रदर्शनमा महानगरको सकारात्मक साथ रहने बताएका छन् । कार्यविधि अनुसार प्रतिबन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुन बमोजिम आवश्यक कदम चाल्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : ११ बजे