डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

जुटकाे बाेरामा भेटिए दुई शव

भरतपुर । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेको दुई जनाको शव फेला परेको छ ।

आज दिउँसो एक बजे उक्त शवहरु फेला परेको चितवन प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका  प्रवक्ता विजयराज पण्डितले हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको जानकारी दिनुभयो  ।

दुवै जनाको अनुहार चोट भएका  कारण हालसम्म शबको पहिचान गर्न सकिएको छैन ।  दुवै जनाको हातखुट्टा एकै ठाउँमा बाँधेर राखिएको अवस्था रहेको पण्डितले बताउनुभयो ।

 भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । घटनास्थलमा निरीक्षणका लागि पुगेका भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लेखनाथ पन्तले दुवै जनाको शब छुट्टा छुट्टै जुटको बोरा भित्र रहेको  बताउनुभयो ।

मृतकको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने अध्यक्ष पन्तले बताउनुभयो ।  घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ४४ बजे