डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

विरामी पर्न थाले भुकम्प पिडित

सल्यान । भुकम्प प्रभावित सल्यानको दार्मा गाउँपालिकाका भुकम्प पिडितहरु बिरामी पर्न थालेका छन् । चिसोका कारण उनीहरु बिरामी पर्न थालेका हुन् । 

चिसोका कारण बालबालिका, सुत्केरी, बृद्धबृद्धा विरामी परेपछि विरामीको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । 

अधिकांश भुकम्प पिडितहरु त्रिपाल मुनि बस्दै आएका छन् । त्रिपालको सहारामा जीविकोपार्जन गरिरहेका बालबालिका र सुत्केरी महिलाहरुमा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ३६ बजे