डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

तुलसीपुरको मानव सेवा आश्रममा एक पुरुष मृत फेला

दाङ । दाङको तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ६ गाईडर स्थित मानव सेवा आश्रममा वतन नखुलेका ५३ वर्षीय अब्दुल नजिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार नजिर विगत एक वर्षदेखि सोही आश्रममा आश्रित थिए । नजिरलाई बुधवार बिहान कोठामा सुतिरहेको अवस्थामा आश्रमका सञ्चालकले उठाउन जाँदा उनी मृत अवस्थामा भेटिएका थिए ।

त्यस्तै उक्त घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटी गई घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात् उनको शवलाई पोस्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०६ बजे