डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

पोखराको एक होटेलमा एक महिलाको रहस्यमय मृत्यु

पोखरा । पोखराको एक होटेलमा एक महिलाको रहस्यमय ढङ्गले मृत्यु भएको छ ।

तनहुँ भिमाद घर भई पोखरा ८ नागढुङ्गाको शिला रेस्टुरेन्टमा विगत दुई वर्ष अगाडिदेखि काम गर्दै आउनु भएकी ३८ वर्षीया सुकु बि.क नागढुङ्गाकै युनिक होटेलमा मृत अवस्थामा भेटिएकी हुन् । 

होटलकी साहुनीले बि।क। होटेलमा अचेत अवस्थामा देखे पछि मंगलबार नै चरक मेमोरियल अस्पतालमा पुर्‍याए लगत्तै बेलुका ७ः२० बजे चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको अस्पताल श्रोतले जनाएको छ ।

उनको मृत्यु शङ्कास्पद भएकोले  हाल उनको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान–पश्चिम क्षेत्रीय अस्पताल, पोखरामा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले बताउनुभयो ।

होटेल सञ्चालकदेखि उक्त घटनामा शङ्कास्पद रहेका केही व्यक्तिहरूसँग सोधपुछ सहित अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।  घटना शङ्कास्पद भएकोले घटनामा संलग्न हुने जो कोहीलाई नछाडिने डिएसपी  विकले चेतावनी दिनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०३ बजे