सुनको मूल्यमा नयाँ कीर्तिमान

गौशालाको दुर्गा मन्दिरको गरगहना चोर्ने प्रहरी नियन्त्रणमा

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा  नं. ५  स्थित दुर्गा मन्दिरबाट चोरी भएको गरगहनासहित मंगलबार एक जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्गा मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टिकासहित उक्त बालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा रहेको बालकसँग प्रहरीले सूक्ष्म तवरले सोधपुछ र अनुसन्धान गरिरहेको  जनाएको छ । 

बजारको मध्यभागमा रहेको दुर्गा मन्दिरमा माता दुर्गाको आभूषण भारतबाट १० लाख भारुमा खरिद गरी ल्याएको मन्दिरका पुजारी काशिकान्त झाले बताउनुभयो ।

सोमबार छठी पारणका दिन मन्दिरबाट सो आभूषण चोरी भएको पुजारी झाले प्रहरीमा खबर गरेपछि प्रहरीले अनुसन्धानको क्रममा सो वालकलाई मंगलबार नियन्त्रणमा लिएको गौशाला प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो  ।
 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०० बजे