सिलगढी। डोटीमा १७ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको बडीकेदार गाउँपालिका वडा न २ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजेको समयमा किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ ।
घटना १ गतेको भए पनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीन जनालाई सोही दिन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जानकारी दिएको छ ।
पीडित किशोरीको नाम, थर वतन गोप्य राखेर सम्मानित अदालतबाट माद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक विष्टले जानकारी दिएको छ ।
प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १२ : ५४ बजे
प्रतिक्रिया