सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भरतपुरकी मेयर रेणु दाहालको बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता पक्राउ

चितवन । चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको सामाजिक सञ्जालमार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई कार्यकर्तालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् ।

उनीहरू दुवैलाई गए राति आ–आफ्नै घरबाट नियन्त्रणमा लिइएको चितवन प्रहरी स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता शिव शर्मा भरतपुर महानगरका मेयर दाहाल र पत्रकार सन्तोष देउजाको तस्वीर तोडमोड गरी सामाजिक सञ्जालमार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई शेयर गरेका थिए ।

मेयरसँग जोडेर बदनाम गर्न खोजेको भन्दै पत्रकार देउजाले हिजो मङ्गलवार प्रहरीमा ठाडो उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । गए राति पक्राउ परेका दुवै जनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १२ : ११ बजे