दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इजरेल र हमास केही बन्धक रिहा गर्न सहमत

काठमाडौँ । हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र सङ्घर्ष विराम गर्ने विषयमा सहमति भएको छ।

गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको बिबिसीले जनाउको छ ।

इजरेली प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित एउटा विज्ञप्तिका अनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिने छ। उक्त सम्झौताअनुसार थप १० बन्धकलाई मुक्त गरिए त्यस्तो विराम थप एक दिनले लम्बिने छ।

संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको सहयोगमा दुई पक्षबीच सहमति भएको हो। उक्त सहमतिबारे छलफल गर्न इजरेली मन्त्रिपरिषद्को बैठक मङ्गलवार साँझ सुरु भएको थियो। त्यसलाई अनुमोदन गर्ने निर्णय गर्दा बुधवार बिहान भइसकेको थियो।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले बन्धकहरूको मुक्तिका लागि कुनै सहमति भयो भने पनि हमाससँगको युद्ध जारी रहने टिप्पणी गरेका थिए। हमास लडाकु समूहले अक्टोबर ७ मा इजरेलमा अप्रत्याशित आक्रमण गरेको थियो । उक्त आक्रमणमा इजरेलमा केही विदेशी नागरिकसहित १२०० जनाभन्दाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : ५५ बजे