दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल भुक्तानी गर्न स्थानीय निकायहरूलाई निर्देशन दिएको छ । 

प्राधिकरणले स्थानीय निकायहरूले सडक बत्ती बापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत् उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न निर्देशन दिएको हो । 

प्राधिकरणले एक सूचना जारी गर्दै मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई ग्राहक कायम गराउन तथा सडक बत्ती बापतको बक्यौता महसुल बुझाउन भनेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : ४२ बजे