काठमाडौं । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् ।
ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।
कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूहको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्।
१०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् ।
प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार १२ : ५३ बजे
प्रतिक्रिया