काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइँको नेतृत्वमा हुने भनिएको राष्ट्र ,राष्ट्रियता ,धर्म संस्कृति र नागरिक बचाउ अभियानमा सहभागी हुन आउनेहरुका लागि काठमाडौँको विभिन्न स्थानमा खाने बस्ने व्यवस्था मिलाइएको छ ।
मंसिर ७ मा हुने भनिएको प्रर्दशनमा सहभागी हुन आउनेहरुका लागि उपत्यकाका बिभिन्न पार्टी प्यालेसहरुमा खाने,वस्ने व्यवस्था मिलाईएको अभियानको एक सस्यले बताए ।
उनका अनुसार स्काई पार्टी प्यालेस , मण्डप पार्टी प्यालेस ,मेरिगोण्ड पार्टी प्यालेस , बिजि पार्टी प्यालेस , सौगात पार्टी प्यालेस , पारिजात पार्टी प्यालेस,एस आर पार्टी प्यालेस लगायतका स्थानहरु खाने बस्ने व्यवस्था मिलाएको छ ।
गाउँगाउँबाट आन्दोलनमा सहभागी हुन आउनेहरुका लागि गाडीको पनि व्यवस्था पनि गरिएको उनले बताए । सहभागी हुनेहरु आन्दाेलनमा सहभागी रहुञ्जेलकाे सबै खर्च आफूहरुले बेहाेर्ने बताए ।
प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार १२ : ३६ बजे
प्रतिक्रिया