डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

टिकटक बन्दको विरोधमा माइतीघरमा युवाहरूको प्रदर्शन

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयबिरुद्ध युवाहरुको एक समूहले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेका छन्।

जनताको बोल्ने अधिकार सुनिश्चित गर भन्दै उनीहरुले टिकटक प्रतिबन्धविरुद्ध काठमााडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी युवाहरुले सरकार हिजो बन्दुकसँग नडराउने आज टिकटकसँग, टिकटक बन्द हैन भ्रष्टाचार बन्द गर, गरिखाने मर्दैछ सरकार, टिकटक हैन जाजरकोटलाई ध्यान दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । त्यस्तै उनीहरुले टिकटक बन्द नभई सरकारले आवश्यक नियमन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढि रिट दर्ता भएको छ। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार भने हेर्न नभ्याइने सूचीमा परेका छन्।

 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ४४ बजे