दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जब कोहलीलाई भेट्न प्यालेस्टिनी समर्थक मैदानमा छिरे..

एजेन्सी । आइतवार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा एक दृश्य देखिएको थियो । एकदिवसीय क्रिकेट विश्वकप २०२३ को फाईनल खेलको दौरान अचानक एक व्यक्तिले मैदानमा प्रबेश गरेका थिए । जसको कारणले खेल केहिबेर रोकिन पुगेको थियो ।

आईतबार भारत र अष्ट्रेलिया फाइनल खेल भइरहेको बेला एक प्यालेस्टिनी समर्थक मैदानमा छिरेका थिए । खेलको पहिलो इनिङ्समा १४ औं ओभरको तेस्रो बलपछि विराट कोहलीलाई भेट्न प्यालेस्टिनी समर्थक अचानक मैदान प्रबेश गरेका थिए । उनले अनुहारमा प्यालेस्टाइनको झण्डा भएको मास्क र ‘प्यालेस्टाइनमा बमबारी बन्द गर’ भन्ने सन्देशसहितको टि-सर्ट लगाएका थिए ।

घटना भएलगत्तै स्थितिलाई नियन्त्रण गर्न सुरक्षाकर्मिहरुले उनलाई तुरुन्त समाते र गुजरात पुलिसको अपराध शाखालाई जिम्मा लगाईदिए। केहि समयको लागि खेल रोकिएपनि पछि फेरि सुरु भएको थियो ।

मैदानमा अचानक प्रबेश गरेका उनले आफूलाई अस्ट्रेलियाका जोन भनेर चिनाएका थिए। ‘म विराट कोहलीलाई भेट्न मैदान प्रवेश गरेको थिएँ। म प्यालेस्टाइनलाई समर्थन गर्छु’, उनले भने।

क्रिकेट विश्वकपको पाmईनल खेल भईरहेको बेला प्यालेस्टाइन समर्थक अचानक मैदान प्रबेश गर्नुमा सुरक्षा प्रोटोकलमाथि प्रश्न उठेको छ । घटना भाइरल भएको लगत्तै, एक सामाजिकसञ्जाल प्रयोगकर्ताले प्यालेस्टाइन समर्थकले सुरक्षा प्रोटोकल उल्लंघन गरेर मैदानमा कसरी प्रवेश गर्न सक्छ भनेर प्रश्न गरे। ‘कर्मचारी र सुरक्षा यति गैरजिम्मेवार छ, कसरी प्यालेस्टाइन समर्थकले सुरक्षा नियमहरू तोडेर मैदानमा प्रवेश गर्न सक्छ?’ उनले सोधे।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १ : ५२ बजे