डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

विपिन जोशी हमासको नियन्त्रणमा भएको पुष्टि

काठमाडौँ – इजराइली डिफेन्स फोर्स (आईडीएफ)ले नेपालका विपिन जोशी हमासको नियन्त्रणमा रहेको जानकारी दिएको छ ।

इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आईडीएफका प्रवक्ताले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरू मध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ । 

गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।

दूतावासले जोशी हालसम्म पनि सम्पर्कविहीन रहेकाले पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको बताउँदै खोजी कार्य जारी रहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १ : १७ बजे