डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

रुकुम पश्चिममा जीप दुर्घटना, २२ जना घाइते

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा जीप दुर्घटना भएको छ । 

आज बिहान लु१ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा जीप दुर्घटना हुँदा २२ जना घाइते हुनुभएको छ ।  

घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।  

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ४२ बजे