डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

विपिनको पछिल्लो अवस्थाबारे यकिन गर्न सकिएको छैन : दूतावास

​​​​​​​काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थी विपिन जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको जनाएको छ ।

राजदूतावासले इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्व सुरू भएयता बेपत्ता रहेका जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको जनाएको हो ।

‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किब्बुज-अलुमिममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरुमध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन् ।’

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : १२ बजे