सुनको मूल्यमा नयाँ कीर्तिमान

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदै छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ ।

सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० वटा रिट दर्ता निवेदन भएका थिए । सबै रिटमाथि एकसाथ सुनुवाइ हुने सर्वोच्चले जनाएको छ ।  

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि अदालत खुलेको पहिलो दिन मङ्सिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरूलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ५४ बजे