एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद

काठमाडौँ । सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ । 

इन्टेलिजेन्स ब्युरोले रौतहट यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एयर गन बरामद गरेको हो ।

हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा ब्युरोले सो घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल ‘मेड इन यूएसए’ र एक थान ‘मेड इन इन्डिया’ लेखिएको प्रहरीको भनाइ छ । 

हतियारसहित मोबाइलको सीमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकता समेत बरामद भएको छ । सो क्षेत्रमा थप अपरेसन जारी रहेको प्रहरीको भनाइ छ । 

हतियार बरामदपछि स्थानीयले ढुङ्गा मुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडीको सीसा फुटेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : ५८ बजे