दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वकप जित्न अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी फाइनल खेलमा टस जितेर पछिले ब्याटिङ थालेको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा २४० रन जोड्यो ।

भारतका लागि केएल राहुलले १०७ बलमा ६६, विराट कोहलीले ६३ बलमा ५४, रोहित शर्माले ३१ बलमा ४७, सूर्यकुमार यादवले २८ बलमा १८ रन तथा कुलदीप यादवले १८ बलमा १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन, जोस हेजलवुड र प्याट कमिन्सले दुई–दुई विकेट लिए भने ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक सफलता हात पारे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : २२ बजे