सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सशस्त्र प्रहरीद्वारा ४ थान अत्याधुनिक हतियार बरामद

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट चारथान अत्याधुनिक हतियार बरामद गरेको छ ।

इन्टिलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाई नगरपालिका ३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ वटा, म्याग्जिन ६ वटा तथा एयरगन एउटा बरामद भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा ब्युरोले आइतबार दिउँसो खानतलासी गरेको थियो । बरामद हतियारमध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नालमा मेड इन इन्डिया लेखिएको छ ।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, सेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ३६ बजे