डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

नेपालगन्ज । बर्दियामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट राजापुर राजापुर–१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । 

नेपाल–भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी गम्भीर घाइते हुनुभएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सिराम अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : २३ बजे