डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

हिन्दू राष्ट्रको माग गर्दै कोशी प्रदेशसभा सदस्य पराजुलीले गरे दण्डप्रणाम यात्रा

बिराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुली नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै छठ पूजामा दण्ड प्रणाम यात्रा सु गर्नुभएको छ ।

घर नजिकै रहेको मन्दिर देखि छठ घाटसम्म शरीरले नापेर यात्रा गर्नुलाई छठमा दण्डप्रणाम यात्रा भनिन्छ । प्रदेश सभा सदस्य पराजुलीले विराटनगरको कन्चनबारी स्थित घरबाट हिन्दू राष्ट्रका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर यात्रा सुरु गर्नुभएको छ ।

नेता पराजुलीले विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्दै यात्रा सुरु भएको छ । पराजुलीले प्रणाम यात्राका साथ व्रत बस्न थालेको २९ वर्ष भएको छ ।

उहाँले यस अघि काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा पनि हिन्दु राष्ट्र बनाउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : ५७ बजे