डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु

काठमाडौं । जाजरकोटमा चिसोले थप तीनजना भूकम्पपीडितको मृत्यु भएको छ ।

यसअघि हिजो तीनजना गरी सातजनाको मृत्यु भएकामा आज पनि थप तीनजनाको मृत्यु भएको हो । हालसम्म चिसोले ज्यान गुमाउने भूकम्पपीडितको संख्या दशजना पुगेको छ ।

आज ज्यान गुमाउनेमा जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेल रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : २२ बजे