डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

अध्यक्ष ओलीका बुबा मोहनप्रसादले मनाउनुभयो ९५ औँ जन्मदिन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीले  शनिबार ९५ औँ जन्मदिन मनाउनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्वीर सार्वजनिक गर्दै बुबाले जन्मदिन मनाएको जानकारी दिनुभएको हो  । अध्यक्ष ओलीले सार्वजनिक गरेको तस्वीरमा मोहनप्रसादलाई छोरा केपी ओलीले केक खुवाउँदै गरेको देख्न सकिन्छ ।

तस्वीर सार्वजनिक गर्दै अध्यक्ष ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘आजबाट बुबा ९४ वर्ष पूरा गरेर ९५ वर्षमा लाग्नुभयो । यो उमेरमा पनि उहाँ आँखा राम्रोसँग देख्नुहुन्छ, कान अलि कम सुन्नुहुन्छ, राम्रैसँग हिँडडुल गर्न सक्नुहुन्छ, स्मरण शक्ति धेरै राम्रो छ ।’

उहाँले आफ्नी श्रीमती राधिका शाक्यले आफ्ना बुबाको जन्मदिन मनाउने व्यवस्था मिलाएको समेत जानकारी दिनुभएको छ । ‘आज घरमा राधिकाले उहाँको ९५ औं जन्मदिन मनाएर खुशी बाँड्ने व्यवस्था मिलाइन् ।’ उहाँले लेख्नुभएको छ,‘जन्मदिनको शुभकामना बुबा !

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ४७ बजे