काठमाडौँ । छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा अर्थात् आज खरना गरिँदै छ ।
शुक्रवारबाट सुरु भएको छठ पर्वमा आज बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आज ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ आदिको बढी प्रयोग गरिन्छ ।
छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्यदान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्य पुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार ७ : १९ बजे
प्रतिक्रिया