दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दक्षिण एसियाली कराते च्याम्पियनसीप मङ्सिर १६ गतेदेखि हुने

काठमाडौँ । नेपाल कराते महासङ्घको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसीप यही मङ्सिर १६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा दक्षिण एसियाका छ राष्ट्रको सहभागिता रहने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नेपाल कराते महासङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्(राखेप) का पूर्व सदस्य–सचिव युवराज लामाले जानकारी दिनुभयो । 

दुई दिने उक्त प्रतियोगितामा आयोजक नेपालसहित बङ्गलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलङ्काले  प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा क्याडेट, जुनियर, यु–२१ र सिनियर गरी चार विधामा जम्मा ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने कराते महासङ्घका महासचिव दावा गुरुङले जानकारी दिनुभयो । । क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ ।

सबै स्पर्धामा भाग लिने नेपालबाट ६८ खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । नेपाली खेलाडीको प्रशिक्षणका लागि छ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । कुमुते टोली गोकर्णेश्वरस्थित शङ्खडोल कराते एकेडेमी तथा काता टोली बौद्ध डोजामा प्रशिक्षणरत छन् । अध्यक्ष लामाले यस प्रकारको प्रतियोगिता २५ वर्षपछि आयोजना गर्न लागेको बताउँदै प्रतियोगिताले करातेको गरिमा अझ बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

लामाले प्राविधिक रूपमा यो प्रतियोगिता बङ्गलादेशले आयोजना गर्नुपर्नेमा बङ्गलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि प्रस्ताव गरेकोमा एसियाली कराते महासङ्घ (एकेएफ)ले पनि स्वीकृति दिएको बताउनुभयो । 

खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ । उक्त प्रतियोगिता सञ्चालन गर्न करिब रु एक करोड १० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : ०३ बजे