दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बाणिज्य बैंकहरुले घटाए ब्याजदर, कसको कति ?

​​​​​​​काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । गत भदौयता वाणिज्य बैंकको ब्याजदर लगातार ओरालो लागेको छ । बैंकहरूले मासिक रूपमा जारी गर्ने ब्याजदरअनुसार वाणिज्य बैंकको भदौको औसत ब्याजदर १०.३२५ प्रतिशत थियो । त्यसयता मंसिरसम्म आइपुग्दा वाणिज्य बैंकको औसत ब्याजदर ९.६६ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएपछि ब्याजदर घट्दै आएको हो ।

विवरणअनुसार असोजमा वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिँदै आएको औसत ब्याजदर १०.२६ प्रतिशत र कात्तिकमा दिँदै आएको औसत ब्याज ९.९६ प्रतिशत थियो । मंसिरमा भने अझ घटेको छ । मंसिरमा मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याज एनआईसी एसिया बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपमा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ ।

सबैभन्दा बढी हिमालयन बैंकले दिने भएको छ । यो बैंकले मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत ब्याज दिने भएको हो । उद्योग क्षेत्रमा प्रवाह हुने कर्जामा भने यो बैंकले ८.६०३ प्रतिशत ब्याज दिने भएको हो । त्यस्तै, रेमिट्यान्स खातामा यो बैंकले ११.६०३ प्रतिशत ब्याज दिने जानकारी दिएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ३ : ०० बजे