मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

दुर्घटनामा सख्त घाइतेको उपचारका क्रममा मृत्यु

दाङ । दाङको बङ्गलाचुलीमा बुधबार दिउँसो  अटो दुर्घटनामा सख्त घाइते हुनुभएकी एक महिलाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

 मृत्यु हुनेमा बङ्गलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो । 

कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रमामा आज बिहान मृत्यु हुनुभएकी उहाँ चढेको आटो बुधबार दिउँसो १ :४० बजे बङ्गलाचुली – ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नं को अटो ब्रेक फेल भई झन्डै पाँच सय मिटर तल खसेको थियो ।

घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर  पठाइएको थियो ।
 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  १ : ५१ बजे